जम्मु-कस्मिर क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा आंशिक रूपमा खोलिएको छ ।
मुस्लिमहरूलाई प्रार्थनाका लागि भन्दै आइतबारदेखि बन्द गरिएको टेलिफोन र इन्टरनेट शुक्रबार खुला गरिएको हो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच जम्मु कस्मिरका मुस्लिम समुदायले मस्जिद पुगेर हिजो (शुक्रबार) को प्रार्थना गरेका छन् । श्रीनगरको मुख्य मस्जिद भने अझै खुलेको छैन ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले गत सोमबार भारत प्रशासित कस्मिरलाई दिइएको प्रदेशको मान्यता हटाएर केन्द्रशासित दुई क्षेत्र बनाउने निर्णय गरेको थियो । जसमध्ये जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्रशासित बनाइएको हो । साथै कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० पनि खारेज गरेको थियो ।