भारतीय कंग्रेसको नयाँ अध्यक्ष चयन गर्ने विषयमा आज बैठक बस्दै छ।
राहुल गान्धीको नेतृत्वमा लोकसभा निर्वाचनमा होमिएको कंग्रेस नराम्रोसँग पराजय भोगेपछि गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनलाई नै अध्यक्ष बनाउन पटक पटक गरिएको प्रयास असफल भएपछि अब नयाँ अध्यक्षको खोजि शुरु गरिउको छ।
कंग्रेसको अध्यक्षमा मल्लिाकार्जुन खड्गे र मुकुल वासनिक सबैभन्दा अगाडी देखिएका छन्। नयाँ अध्यक्ष बनाउने विषयमा कंग्रेस शीर्ष नेतृत्वले प्रदेशस्तरीय र विधायकहरुसँग छलफल गरेको छ। यसमा राहुल गान्धीले नयाँ अध्यक्ष चुन्न कुनै अप्ठेरो नभएको र यसमा विवाद पनि नभएको बताउँदै आएका छन्। राहुलले लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि २५ मेमा पद छाडेका थिए।
शनिबार बस्ने कंग्रेसको कार्यसमिति बैठकमा प्रदेश कंग्रेस कमिटीका प्रमुख, विभाग प्रमुख, यूनिट प्रमुख र अरु नेताहरुलाई पनि बोलाइएको छ। कंग्रेसका महासचिव केसी वेणुगोपालले भने ‘शनिबार बस्ने कार्यसमिति बैठकमा पार्टीका अध्यक्ष बनाउने विषयमा गम्भीर छलफल हुने छ।’ छलफल पछि सोही बैठकबाट निर्णय हुन सक्ने पनि उल्लेख गरेका थिए।
राहुलले राजीनामा दिएपछि उनकी वहिनी प्रियंका गान्धीलाई अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन्। पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरेन्द्रर सिंहले भने ‘प्रयंकामा नेतृत्व गर्ने क्षमता छ, उनलाई नै अध्यक्ष बनाउनु पर्छ, कंग्रेसको नेतृत्व युवामै हुनु राम्रो हुन्छ।’