भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू- काश्मिरकाे विषयमा भारतीय संविधानको धारा ३७० निश्प्रभावी भएपछि उत्पन्न परिस्थितीलाई पहिलाे पटक सम्बोधन गरेका छन् ।
विशेष गरी भारतको सो निर्णयलाई लिएर पाकिस्तानले विरोध गरेपछि प्रधानमन्त्री मोदीले धारणा स्पष्ट पारेका हुन् । उनले जम्मू- काश्मिरका जनतालाई उक्साएर पाकिस्तानले भारतविरुद्ध अस्त्रको प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।
जम्मू-काश्मिरमा र लद्दाखमा नयाँ युगको शुरुवात भएको भन्दै माेदीले त्यहाका जनतालाई बधाई दिए । हिजोसम्म अधिकार विहिन त्यहाका जनतालाई अब रोगजारको नयाँ अवसर सिर्जना भएको र सेनामा स्थानीय युवालाई प्राथमिकता दिइने समेत स्पष्ट पारे । अब देशका सबै नागरिकको हक र दायित्व बराबर रहेको प्रधानमन्त्री मोदीकाे भनाइ थियाे ।
भारतीय संसद मार्फत संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू- काश्मिरबाट लद्दाख छुट्याएर केन्द्र प्रशासित राज्य बनाइएको छ ।