फ्रान्सका एक जना पशु अधिकारकर्मीले मच्छडले मान्छेलाई टोक्दा पनि नमार्न अपिल गरेका छन्। उनले मच्छडलाई रगत खान दिनुपर्नेमा जोड पनि दिएका छन्। मच्छडले आफ्ना बच्चाको पोषणका लागि रगत खाने गरेको बताइएको छ।
फ्रान्सको एक टेलिभिजन कार्यक्रममा पशु अधिकारर्मीले यस्तो अपिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखका छन्। अधिकारकर्मी केरन केमोटीले भने ‘मानिसले सबै जीवजन्तुलाई समान व्यवहार गर्नुपर्छ।’ ‘जुन मच्छडले टोक्छ उसले आफूलाई प्रोटिनका लागि यस्तो गर्ने गरेको र यसले मच्छडको अण्डा र बच्चाको विकासका लागि मद्दत गर्छ।’ उनले भनेका थिए।
यस्तै मलेरियाको खतरा बढेको विषयमा उनले अफ्रिकाका मानिस भने मच्छडसँग बच्नुपर्नेमा जोड दिए। यस्तै यदि मच्छडले टोकि हालेमा उसलाई मार्नुका साटो भगाउने अन्य उपायहरु अबलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। तर उनको यो भनाई भने अहिले आलोचित भइरहेको छ। उनीहरुले केरनको यो सुझावलाई मुखर्तपूर्ण र गैर जिम्मेवार टिप्पणी भनि संज्ञा दिएका छन्।
अर्का पशु अधिकारकर्मी टोनी बर्नेलीले भने यो गलत सुझाव भएको उल्लेख गरे। मच्छड मार्ने कुरा पशु अधिकारसँग सम्बन्धित पनि नभएको उल्लेख गरे। विश्व स्वास्थ्य संगठनका अनुसार २०१७ मा मच्छडबाट लाग्ने मलेरियाबाट २२ करोड मानिस प्रभावित भएका छन् र यसबाट ४ लाख ३५ हजार बढीको ज्यान गएको छ।