भारतले जम्मू-काश्मिरका विषयमा धारा ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तान रूष्ट बनेकाे छ।
त्यसकाे झाेकमा पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध तोडेको छ। प्रधानमन्त्री इमरान खानकाे अध्यक्षतामा बसेकाे राष्ट्रिय सुरक्षा परिषद् बैठककाे निर्णय अनुसार पाकिस्तानले अब भारतसँग कुनै व्यापारिक सम्बन्ध राख्ने छैन।
दिल्लीस्थित पाकिस्तानी दूताबासबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने र इस्लामाबादबाट भारतीय राजदूतलाई फिर्ता पठाउने निर्णय गरेकाे पाकिस्तानले यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्मा उठाउने निर्णय पनि गरेको छ ।
पाकिस्तानकाे याे निर्णयले भारतसँगको कूटनीतिक सम्बन्धको स्थिति कम गर्नेछ भने द्विपक्षीय व्यापार सम्बन्ध निलम्बित हुने राजनीतिक विष्लेषकहरूले बताएका छन्।
साथै बैठकले धारा ३७० हटाउने भारत बिरूद्धकाे प्रस्ताव पारित गरेकाे अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।