स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए।
उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रसंशा गरेका छन्।