जम्मु-कश्मिर राज्यको मान्यता खारेज गरी दुई छुट्टै राज्य बनाउने भारत सरकारको निर्णयप्रति चीन सरकारले आपत्ति जनाएको छ।
चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र जम्मु कश्मिरलाई भारतले केन्द्र शासित राज्यको दर्जा दिएकामा चीनले आपत्ति प्रकट गरेको हो।
मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतले चीनको भौगोलिक सार्वभौमिकतालाई वेवास्था गरी एक पक्षीय रुपमा गरेको कानुनको परिमार्जन स्वीकार्य नभएको उल्लेख गर्दै सीमा मुद्दा अझ पेचिलो बन्ने बताइन्।
उनले संवाद र परामर्शको माध्यमबाट तत्काल विवाद समाधान गर्नुपर्नेमा चीनको धारणा रहेको उल्लेख गरेकी छन्।