पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा गएका छन्। तीन दिने अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री खानले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने तय भएको छ।
इमरानले २०१८ मा पाकिस्तानी प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि पहिलो पटक अमेरिका भ्रमण गर्न लागेका हुन्। अमेरिका र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण नरहेका बेला इमरानको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अर्थपूर्णरुपमा हेरेका छन्।
राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा पाकिस्तानको ब्यापार घाटा कम गर्ने विदेशी मुद्रा र विदेशी लगानी जुटाउने विषयमा केन्द्रित हुने छ। ह्वाईट हाउसले भने पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको मुख्य एजेण्डा इस्लामाबादमा शान्ति स्थिरता र आर्थिक समृद्धिमा केन्द्रीत हुने जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान र ट्रम्पबीचको भेटवार्तामा पाकिस्तानी सेनाध्यक्ष जनरल कमर जावेद र आईएआईका महानिर्देशक पनि सहभागि हुने छन्।