पाकिस्तानको एउटा समाचार च्यानलको स्टुडियोमा सत्ताधारी पार्टीका एक नेताले संवाद प्यानलमा सहभागी एक वरिष्ठ पत्रकारमाथि कुटपिट गरेका छन् । यो भिडियो विषय अहिले भाइरल बनेको छ ।
समाचार अनुसार, ‘के २१ न्युज’ मा ‘न्युज लाइन विथ अफताब मुघेरी’ नामक लाइभ कार्यक्रम चलिरहेका बेला हातपात भएको हो । स्टुडियोमा सत्ताधारी पीटीआईका मसरुर अली सियाल र कराँची प्रेस क्लबका प्रमुख इम्तियाज खान सहभागी थिए ।
दुवैबीच बहस चर्किंदै गएपछि कार्यक्रममा हातहालाहाल भएको थियो । पीटीआई नेता आफ्नो सीट छोडेर पत्रकारलाई धक्का दिएर भुइँमा खसालेका थिए । यसपछि नेताले पत्रकारलाई कुट्न थाले । झडपलाई त्यहाँ रहेका अन्य २ अतिथि र टीभीका कर्मचारीहरुले छुटाएका थिए । घटनापछि पीटीआईको कडा निन्दा भइरहेको छ । केही अघि नेपालमा पनि कार्यक्रम चलिरहेको बेला स्टुडियो छाडेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रकरणले ठूलै चर्चा पाएको थियो ।
- एजेन्सीको सहयोगमा