हङकङको सरकारले मानिसहरूलाई चीनकाे मुख्य भूमिमा सुपुर्दगी गर्न बनाएको विधेयक स्थगित गरेको छ। विधेयकले समाजमा विभाजन ल्याएको भन्दै मुख्य हङकङ कि प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद योजना स्थगित गरेकी हुन्।
यसअघि उनले विधेयक रद्द गर्न अस्वीकार गरेकी थिइन्। उनले रोक्न र सोच्न सरकारलाई गरिएको आग्रह स्वीकार गर्दै बिधेयक स्थगित गरिएको उनको भनाइ थियो। उनले सम्बाद र विधेयकको ब्याख्यामा कमि भएको पनि स्वीकार गरेकी छिन्।
हङकङको मुख्य चासो शान्ति सुब्यवस्था कायम गर्नु भएको उनको भनाइ थियो। केही दिनदेखि हजारौँ मानिसहरूले विधेयकको विरुद्ध प्रदर्शन गरेका थिए। आइतवारका लागि थप प्रदर्शनको तयारी गरिएको थियो।