भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।
लोकसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै १६औं लोकसभा भंग गर्ने सिफारिस गर्दै केन्द्रीय मन्त्रीमण्डलका सबै सदस्हरुले राष्ट्रपति रामनाथ कोविन्दलाई राजीनामा पत्र पनि बुझाएका हुन्।
राष्ट्रपति कोविन्दले प्रधानमन्त्रीले बुझाएको राजीनामा स्वीकार गर्दै नयाँ सरकार नबन्दासम्म काम गरि राख्न आग्रह गरेका छन्। मोदीले नयाँ सरकार गठन गर्नका लागि पदबाट राजीनामा दिएका हुन्। मोदी नै नयाँ प्रधानमन्त्री बन्ने छन्।
उन गठबन्धन एनडीएले लोकसभामा प्रचण्ड बहुमतका साथ विजयी भएकाले ३० मे मा उनले पदभार ग्रहण गर्ने बताइएको छ। नयाँ लोकसभा गठन ३ जुन पहिला हुने बताइएको छ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचित सदस्यहरुको सूची बुझाएपछि गठनको प्रक्रिया शुरु हुने छ।