निर्वाचन परिणाम आउने क्रमसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो ट्वीटरबाट चौकीदार शब्द हटाएका छन् ।
लोकसभा निर्वाचनमा बीजेपीलाई ठूलो सफलता मिलेपछि उनले आफनो ट्वीटर ह्याण्डलबाट चौकीदार शब्द हटाएका हुन् । निर्वाचनको क्रममा कांग्रेसले चौकिदार चोरको नारा लगाएपछि जवाफमा मोदी समेत मन्त्रिमण्डलका अधिकाशं मन्त्रीहरुले आफनो नामको अगाडि चौकिदार शब्द राखेका थिए ।
उनले ट्वीटर ह्याण्डलबाट चौकिदार नाम हटाएपनि आफ्नो अभिन्न अंग बनिरहने बताएका छन् । मोदीले चुनावी सभाको क्रममा आफू देशको चौकिदार भन्दै भ्रष्टाचार र आतंकबादबाट देशलाई बचाउनका लागि चौकिदार गर्ने बताएका थिए । जसले गर्दा उनलाई निर्वाचनमा ठूलो सफलता मिलेको विश्लेषकहरु बताउँछन् ।