ध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा सहभागी एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित केन्द्रबाट पक्राउ गरिएको छ ।
मिर्चैया नगरपालिका ५ मा रहेको मोहन मावि केन्द्रमा भाइको नाममा एसइई दिइरहेको अवस्थामा कल्याणपुर ५ का १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।
गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा सहभागी अमनलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको हे ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।