राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत २२ गतेदेखि सञ्चालन गर्ने भएको छ । परीक्षा २९ गतेसम्म चल्नेछ ।
बोर्डको सोमबार बिहान बसेको बैठकले २२ देखि २९ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
तालिका :
चैत २२ गते विज्ञान
२३ गते सामाजिक
यी दुवै विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।
यसैगरी,
चैत २४ गते स्वास्थ्य तथा जनसंख्या
२५ गते ऐच्छिक प्रथम
२६ गते ऐच्छिक द्वितीय र
२७ देखि २९ गतेसम्म प्रविधिक विषयहरुको परीक्षा सञ्चालन हुनेछ ।
यसैबीच हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्डले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रहसमेत गरेको छ ।