एक मन्दिरमा पूजा गर्ने क्रममा हाफ पाइन्ट र टि-सर्टमा देखिएका बलिउड अभिनेता अजय देवगण अहिले सामाजिक सन्जालमा ट्रोलको सिकार बनेका छन् ।
'भुजः द प्राइड अफ इन्डिया'को सुटिङका क्रममा रहेका अजय भुजको माण्डवीमा रहेको नागनाथ महादेव मन्दिरमा दर्शनका लागि पुगेका थिए ।
मन्दिरमा उनले लगाएको लुगा सही नभएको भन्दै उनको ट्रोल गरिएको छ । सार्वजनिक भएको तस्बिरमा उनलाई नीलो रङको टिसर्ट र सेतो रङको हाफ पेन्टमा देख्न सकिन्छ ।