भारतीय टिभी च्यालन कलर्सबाट प्रशारण हुने रियालिटी शो ‘बग बोस १३’ मा कोही पनि कमनर्सलाई इन्ट्रि दिइएको छैन्। यस पटक सेलिब्रेटीहरुलाई मात्रै स्थान दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यस पटक पनि भजन सम्राट अनूप जलोटा आउने छन्। पछिल्लो सिजन आफ्नी शिष्य जसलिन मथारुको पार्टनरको रुपमा बिग बोसको घरमा पुगेका थिए।
अनूपले हालै दिएको एक अन्तरवार्तामा यस सिजनमा सलमान खानसँग कार्यक्रम होस्ट गर्ने पनि खुलासा गरे। उनले भने ‘म बिग बोसको घरमा जाँदै छ, सलमान खानसँग शो होस्ट पनि गर्न सक्छु।’
पछिल्लो सिजनमा विदा मनाउन र रिल्याक्स गर्नका लागि शो मा गएको बताउँदै अनुपले यस पटक गत वर्षको भन्दा पनि राम्रो गर्ने बताए।
यस सिजनमा जोडीको कन्सेप्ट राखिएको छैन्। त्यही पनि अनुपले कटरीना केफसँग जान चाहेकाे बताएका छन्।
अनुपले बिग बोसमा खुबै चर्चा कमाएका थिए। शोमा इन्ट्रि हुँदा जसलीनसँग जोडी बनेर आउँदा उनले डेटमा रहेको बताएका थिए। जसका कारण जसलीनका बुवा खुबै रिसाएका थिए।
बिग बोसको घरबाट बाहिर आएपछि अनुप र जसलीनले आफूहरुकाबीचमा म्यूजिकल नाता मात्रै रहेको र घरमा भनेको कुरा प्रयांक मात्रै भएको जवाफ दिएका थिए।
अनुपले हालै केसरिया बालम म्यूजिक भिडिया रिलिज गरेका छन्। यसमा बिग बोस १२ का सेकेण्ड रनरअप दीपक ठाकुर र सोमी खानले अभिनय गरेका छन्। बिग बोसमा सोमी र दीपकको केमिस्ट्री चर्चामा रहेको थियो।