पप गायिका रिहाना आफ्नो हट तस्बिरका लागि चर्चामा रहिरहन्छिन् तर यसपटक उनी आफ्नो लञ्जरी (भित्रीवस्त्र) ब्रान्डका लागि चर्चामा छिन् ।
रिहानाले हालै आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लञ्जरी लन्च गरेकी छिन् । यो सेतो रङको लञ्जरीको विज्ञापन गर्न रिहानाले हट फोटोसुट गराएकी छिन् ।
यो हट फोटोसुटका केही तस्बिर रिहानाले इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यसबाहेक उनले पहेंलो रङको लञ्जरीको तस्बिर पनि पोस्ट गरेकी छिन् । उनी आजभोलि आफ्ना गीतसँगै लञ्जरी ब्रान्ड र त्यसका लागि गराइएको हट फोटोसुटकै कारण चर्चाको शिखरमा छिन् । हेरौं उनका केही लोभलाग्दा तस्बिर ।