भारतीय चलचित्र मेगास्टार अमिताभ बच्चन र इमरान हासमी पहिलो पटक एकसाथ चलचित्रको पर्दामा देखिने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रवारबाट सुटिङ सुरु हुने उक्त चलचित्रको नाम चहेरे राखिएको छ ।
थ्रिलर जर्नाको चहेरेलाई टोटल धमाल, प्यारका पंचनामा, सत्यमेव जयते जस्ता चलचित्र बनाएको आनन्द पंडित मोसन पिक्चर्स तथा सरस्वती इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।
चलचित्रको निर्देशन रुमी जाफ्रीले गर्दैछन् । चहेरेले अर्को वर्ष फेब्रुअरी २१ मा रिलिजको लक्ष्य लिएको छ । चलचित्रमा कीर्ति खर्बन्डा, रेहा चक्रबर्ती, सिद्धान्त कपुरलगायतको पनि अभियन रहने छ ।