बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। आज विहान भएको खेलमा कल्चरल लियोनीसालाई चार एकले हराउदै समग्रमा पाँच एक गोल अन्तरले अन्तिम १६ मा प्रवेश गर्यो।
पहिलो लेग एक एक गोलको बराबरी भएको खेलको दोस्रो लेगमा बार्सिलोनाले घरेलु मैदानमा चार एकको जित दर्ता गर्यो। खेलको १८ औं मिनेटमा मुनिरको गोल मार्फत अग्रता बनाएको बार्सिलोनाले २६ औं मिनेटमा दोस्रो गोल गर्यो। यसपटक उसका लागि डेनीस स्वारेजले गोल गरे।
४३ औं मिनेटमा माल्कोनको गोल मार्फत बार्सिलोनाले पहिलो हाफमा तीन शुन्यको अग्रता बनायो। तर ५४ औं मिनेटमा कल्चरलका लागि जोसेप सेरीले एक गोल फर्काएपनि ७० औं मिनेटमा फेरी डेनीस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे।
मुख्य मुख्य खेलाडीलाई आराम दिएको बार्सिलोना विरुद्ध त्यसपछि कल्चरल खेलमा फर्कन सकेन र पराजित भयो।