काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत 'फुल म्याराथन' (४२ किमि) महिलातर्फ नेपालकी पुष्पा भण्डारीले रजत जितेकी छन् । श्रीलंकाकी खेलाडीसँग पछि परेपछि नेपालले रजतमा चित्त बुझाएको हो ।
स्वर्ण विजेता श्रीलंकाकी हिरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । यस्तै पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पार गरिन् । भारतकी ज्योतिले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् । पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटीले स्वर्ण हात पारेका छन् ।