१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत म्याराथानमा नेपालले स्वर्ण पदक जितेको छ। ४२ किलोमिटर म्यारथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका हुन्। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे।
१९९५ को साग पछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो। १९९५ टीका बोगटीले स्वर्ण पदक जितेका थिए। २०१० मा राजेन्द्र भण्डारीले जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो।
भारतीय खेलाडीले रास्पाल सिंह २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरी रजत जिते। अर्का भारतीय खेलाडीले श्री सिंह २ घन्टा २२ मिनेट ७ सेकेन्डमा पूरा गरी कांस्य पदक जितेका छन्। नेपालका हाेमलाल श्रेष्ठले २ घण्टा २४ मिनेट ३१ सेकेन्डमा दाैड पूरा गरी चाैथाे भए।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको म्याराथन कलङ्की, सातदाेबाटाे, काेटेश्वर, सूर्यविनायक हुँदै पुन: काेटेश्वर, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली, सहिदगेट, रत्नपार्क, लैनचाैर, गैरीधारा (उत्तर ढोका), नागपोखरी, जयनेपाल हल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, सहिदगेटहुँदै दशरथ रङ्गशालामै आएर टुङ्गिएको थियाे।