१३औं सागअन्तर्गत गल्फ खेलतर्फ नेपालका लागि सुवास तामाङले स्वर्ण जितेका छन् । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको खेलमा उनले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गरेका हुन् ।
अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।
नेपालले टिम इभेन्टमा पनि स्वर्ण जितेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र नीरज तामाङ छन् । नेपालले सागमा गल्फतर्फ पहिलोपटक स्वर्ण जितेको हो ।