नेपालले लन टेनिसबाट पदक पक्का गरेको छ । घरेलु भूमिमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का क्रममा शुक्रबार भएको खेलमा नेपालकी प्रेरणा कोइरालाले सेमिफाइनल यात्रा तय गरेसँगै लनटेनिसबाट पहिलोपटक पदक पक्का भएको हो ।
कम्तीमा कास्य पक्का गर्ने क्रममा प्रेरणाले माल्दिभ्सकी जेन अब्दुल रसिदलाई ७-५ र ६-१ को सोझ सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी हुन् ।