इंग्ल्याण्डविरुद्धको तेस्रो टी २० मा न्यूजिल्याण्ड १४ रनले विजयी भएको छ।
घरेलु टोली न्यूजिल्याण्डले दिएको १८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६६ रनमा रोकिन पुुग्यो। पाँच टी ट्वान्टको शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ। चौथो टी २० शुक्रबार हुने छ।
आजको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। न्यूजिल्याण्डका लागि कलिन डी ग्राण्डहोमले सर्वाधिक ५५ रन बनाउँदा मार्टिन गप्तीलले ३३ तथा रस टेलरले २७ रनको योगदान गरे। इंग्ल्याण्डका टम कुरानले २ विकेट हात पारे।
१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रनमा रोकिन पुग्यो।
इंग्ल्याण्डका लागि डेभिड मलनले ५५ रन बनाउँदा जेम्स भेन्सले ४९रन बनाए पनि हार टार्न भने सकेनन्। न्यूजिल्याण्डका बलिर टिकनर र लोकी फर्गुसनले २–२ विकेट लिए।