एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ। इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम पनि अन्त्य गरेको हो।
पाकिस्तानले दिएको ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रनमा समेटिएको हो। जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरे पनि अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो।
पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग लज्जास्पद हार ब्यहोरेको थियो भने इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध शानदार जित निकालेकाे थियाे। पारेको थियो।