बजार अनुगमन समिति कैलालीको टोलील सोमबार सदरमुकाम धनगढीका बिभिन्न तीन वटा आयल स्टोरमा ‘सिल‘ गरेको छ ।
तोकिएको परिमाण भन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री बितरण भएको फेला परेपछि टोलीले हरि आयाल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोरमा सिल गरेको गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका निरीक्षक रोसन गौतमले जानकारी दिए ।
ती आयल स्टोरका संचालक माथी प्रचलित कानून अनुसार कार्वाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री बितरण भैरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले आज धनगढीका बिभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कैलाली, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय, पेट्रोल डिलर एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।