कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीमा पानीको वहाव १०.१५ मिटरमा पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरेका छन् ।
कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ । कर्णाली लीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिर बाढी हुने सम्भावना हुन्छ । तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली पठाइसकिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।सुदूरपश्चिमको पहाडी जिल्लातिर पानी निरन्तर परिरहेकाले राती कर्णालीमा पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ ।