बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका ९ को अगाउपानी स्थित भुगेचौरमा छाउगोठमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
महिनावारी भएर छाउगोठमा सुतिरहेका अवस्थामा बुधबार विहान आगलागी हुँदा ३५ बर्षीया अम्वा बोहोरा, उनका १२ वर्षीय छोरा र ९ वर्षीय छोरा रमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरी टोली घटनास्थल पुगिसकेको र क्षतिको विवरणबारे मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।