कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन्।
लम्कीचुहा–३, चिसापानीकै २० वर्षीय बसन्त बुढाले गत साउन १७ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।
बुढाले बलात्कार गरेको भन्दै पीडित परिवारले शनिबार साँझ प्रहरीमा उजुरी दर्ता गरेका थिए। उजुरी दर्तापछि प्रहरीले बुढालाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको छ।
प्रहरी निरीक्षक जोशीका अनुसार बुढाले प्रारम्भीक बयानका क्रममा बालिकालाई बलात्कार गरेको स्वीकारेका छन्। बुढालाई जबर्जस्तीकरणी मुद्दा दर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।