कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका–७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ। दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।
यसैगरी, टीकापुर नगरपालिका–२, बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा टीकापुर नगरपालिका–४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्।