डडेल्धुराको रडुवा खोलामा बिहीबार भएको बस दुर्घटनाका घाइतेको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने प्रतिवद्वता गरेको छ।
घाईतेहरुलाई शुक्रबार बिहान सेती अञ्चल अस्पतालमा भेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले उपचारमा कुनै कमी नहुने र घाईतेहरुको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताएका हुन्।
उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट रिफर भई आएका घाईतेलाई भेट्न मुख्यमन्त्री भट्ट, भौतिक तथा यातायात मन्त्री पठान सिंह बोहरा र सामाजिक मन्त्री कृष्णराज सुवेदी पुगेका थिए।
भेटपछि मुख्यमन्त्री भट्टले उपचारमा कुनै कमी आउन नदिन अस्पतालका अधिकारीलाई निर्देशन दिएका छन्।
घाईतेमध्ये ७ जना सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका छन् भने ४ जना माया मेट्रो अस्पतालमा भर्ना भएका छन्। त्यस्तै ३ जनालाई कोहल्पुर पठाइएको छ।
बिहीबार भएको दुर्घटनामा १८ जनाको निधन भएको थियो।