कैलालीमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ।
बर्दगोरिया गाउँपालिका-१ बौनिया चाेकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकाे ना ६ ख ६३५५ नम्बरको पाथिभरा यातायातको बसले बुधबार विहान ठक्कर दिँदा पैदल यात्री कैलालीको भजनी नगरपालिका-६ महादेवलीका आशाराम चौधरीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए।
पैदल यात्रीलाई बसले पछाडिबाट ठक्कर दिएको हुन सक्ने शाहीले बताए। बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले अाफ्नाे नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।