जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट २० जनालाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ र ३ बाट पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ परेका ९ जनाबाट १ लाख २९ हजार १ सय ३५ र वडा नम्बर १ बाट पक्राउ परेको ११ जनाबाट १ लाख ४५ हजार ७ सय १० रुपया पक्राउ परीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले जानकारी दिए ।
उनका अनुसार बरामद गरेको २ लाख ७४ हजार ८ सय ४५ र २० जनालाई जिल्ला प्रहरी कार्यालय कार्यालयको हिरासतमा राखिएको छ । उनीहरु बिरुद्ध जुवा कसुर अन्तर्गत कारबाहि हुने जनाइएको छ ।