अन्नपूर्ण पदमार्गमा आएका एक फ्रान्सेली नागरिकको भिरबाट लडेर मृत्यु भएको छ ।
मनाङको नासों गाउँपालिका १, सिरानताल स्थित भिरबाट लडेर अन्दाजी ६३ बर्षका फिलिती डट गोरको मृत्यु भएको मनाङ प्रहरीले जनाएको छ ।
एक महिला सहित ४ जनाको टोलीमा गएका उनको आज दिउँसो साढे १ बजेतिर भिरबाट खसेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक विनोद श्रेष्ठले बताए ।
घट्नास्थलमा धारापानी र ताल प्रहरी चौकीको टोली खटिएका छन् । अन्य विवरण खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।