लामो समयपछि वर्षा भएपछि किसान खुसी भएका छन् । चैतकाे पहिलाे हप्तामा नै पानी परेकाले मकै छर्नका लागि बारी बनाउन किसानहरूलाई सहज भएकाे छ । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो ।लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो ।
धनुषालगायत मधेश प्रदेशका जिल्लामा झण्डै छ महिनापछि वर्षा भएको छ । अन्तिम पटक असोज दोस्रो साततिर वर्षा भएको थियो ।त्यसयता पहिलो पटक बुधबार वर्षा भएको हो । वर्षापछि यहाँका किसान खुसी भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेला भएको यो वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडि तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।
आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ