कैलालीको गोदावरी नगरपालिका– ४ बुढीतोलामा सोमबार साझ ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुढीतोलाबाट अतरीया तर्फ आउदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रलिले च्यापिएर गोदावरी नगरपालिका– २ तेघरीका २२ बर्षिय कविराज जोशीको मृत्यू गएको हो ।
ट्रलिमा बसेका जोशीको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।