कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ बर्षिय कृष्ण बादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ बर्षि परचुङ तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।
मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेहुनेमा ज्ञानु जोशी, विक्रम बोहरा, अमन तामाङ्ग, किरण बोहरा, शिव खड्का र रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए ।