सन् २००० को १२ डिसेम्बरमा जन्मिएकी हिमानी र पारस शाहकी छोरी पूर्णिका १८ वर्ष पूरा भइन् । सन् २००८ मा राजतन्त्र हट्नेबित्तिकै केही समय सिंगापुर बसेर पढेकी पूर्णिका अहिले काठमाडौंमै छिन् । उनले आफ्नो फेसबुक पेजमा काष्ठमण्डप विद्यालयमा पढेको उल्लेख गरेकी छन् । उनकी आमा पूर्व युवराज्ञी हिमानी र उनले केही तस्बिर सार्वजनिक गरेका छन् ।