स्थानीय तहहरुले चर्को कर असुली गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ । तर, लमजुङको मध्यनेपाल नगरपालिकाले भने नगरबासीहरु संग एकीकृत सम्पति कर नलिने भएको छ । नगरबासीको हितका लागि यस किसिमको कार्य गर्न लागिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले बताए ।
‘एकीकृत सम्पत्ति कर नलिने विषयमा सबै संग छलफल भएको छ’ मेयर पाण्डेले भने, सबैले सकारात्मक रुपले लिनुभएको छ, छिट्नै निर्णय गछौँ ।’ नगरपालिकाले एकीकृत सम्पत्ति कर नलिने तयारी गरेसगै मध्यनेपालबासीहरु निकै हर्षित हुन पुगेका छन् । नगरपालिकाले उक्त निर्णय गर्न लागेकोमा प्रमुख सहित अन्य जनप्रतिनिधीलाई स्थानीयले खुलेर प्रंशसा गरेका छन् ।
यसैबीच मध्यनेपाल नगरपालिकाले युवा तथा महिलाहरुलाई लक्षित गरी रोजगार मुलक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिएको छ । ५ जनाको समूहमा आउने युवा तथा महिलाहरुको लागि नगरपालिकाले स्वरोजगारका लागि अनुदान दिने समेत मेयर पाण्डेले जानकारी दिनुभयो ।