लमजुङको राईनासमा दुई स्थानमा भेटिएका शंकास्पद बस्तु निष्क्रिय गरिएको छ। राईनास नगरपालिका ५ को सिम्ले र कैनिटार दुई स्थानमा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो।
एकाबिहानै उक्त शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त स्थानमा तत्काल ईलाका प्रहरी कार्यालय भोटेवडार र तिनपिप्ले प्रहरी चौकीका प्रहरी टोली खटाइ सुरक्षा दिइएको थियो।
शंकास्पद बस्तुलाई श्रीजंग गणको डिस्पोज टोलीले सुरक्षित तबरबाट निष्क्रिय गराएको छ । साल्मेमा र कैनिटारमा भेटिएका शंकास्पद बस्तुलाई डिस्पोज गएिको गणका गणपति शिखर जवराले बताए । गणपति जवराका अनुसार दुवै ठाउँको विभिन्न बिस्पोटक पदार्थ मिसाएर बनाएको सुतरी बम रहेको पाईएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको क्रममा उत्त बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
बन्दका कारण लमजुङको जनजीवन बिहानैदेखी प्रभावित भएको छ ।
लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बजारहरु बन्द भएका छन् भने, शैक्षिक संस्था पनि विहानैदेखी ठप्प छन् । बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । हरेक स्थानीय तहमा प्रहरी टोली परिचालन गरेको डिएसपी ढकालले जानकारी दिए ।