प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको रामराज्यमा कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय पाउँछिन् कि, पाउँदिनन् भन्दै प्रश्न गरेका छन् ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले निर्मला पन्तले न्याय पाउनु पर्ने बताए । सरकारले गहिरिएर अनुसन्धान नगरी वास्तविक हत्यारा लुकाएको समेत उनको दावी छ ।
सरकारले पटक पटक नक्कली हत्यारा खडा गरी सार्वजनिक गरेको प्रति आफुहरुको आपत्ती रहेको उनले बताए । कम्युनिष्ट सरकारको दुई तिहाईले मुलुकमा शान्ती सुरक्षा कायम गर्न नसकेको समेत दावी गरे ।
उनले निर्मलाको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि कांग्रेस सरकारलाई सघाउन तयार रहेको र असहयोग पुगेको भए सरकारले भन्नुपर्ने बताए । बलात्कारीलाई पत्ता लगाएर कारवाही नगरे कांग्रेसले मुलुक ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
सरकार अपराध लुकाउन र अराजकता निम्त्याउन तर्फ अग्रसर भएको उनको आरोप छ । साथै शर्माले फरक प्रसंगमा बोल्दै वाईडवडी प्रकरणमा सभापति देउवाको संलनता भएका नभएको छानविन गर्न समेत सरकार संग माग गरेका छन् ।