मेयरले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ।
कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल विद्यार्थी संघ नगर समितिले शिक्षा शाखा र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो। नगर प्रमुख ममताप्रसाद चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्र रहेका विद्ययालयलाई समायोजन गरेको भन्दै नेविसंघले ताला लगाएको हो।
नगर क्षेत्रमा रहेको ५७ विद्यालयमध्ये मेयर चौधरीले चार विद्ययालय समायोजन गरेको र ९ विद्यालयको तह घटुवा गरेको भन्दै नेविसंघ आन्दोलित भएको छ। मेयरले स्थानीय र सम्बन्धित विद्यालयसँग छलफल नै नगरी मनोमानी निर्णय गरेकाले कार्यालयमा ताला लगाइएको नेविसंघ नगर सभापति कलकजङ सिंहले जानकारी दिए।
उनले भने,‘एकलौटी ढंगले उहाँहरुले काम गर्नु भयो। हामीले छलफलका लागि पटक–पटक अनुरोध गर्यौं सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौं।’
तर, नगर प्रमुख ममता प्रसाद चौधरीले आफू कार्यालय बाहिर रहेको र ताला लगाइएको भन्ने खबर पाएको बताए।