जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।
उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ ।