मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा तेस्रो पटक विश्वासको मत पाएका छन्।
आइतबार बसेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन्। प्रदेशसभा बैठकमा उपस्थितत १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको बिपक्षमा ३५ मत परेको थियो।
मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।
गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्। जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।