निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् ।
निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएका हुन् । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि माघ ११ गते निर्वाचन भएकाे थियो । उक्त निर्वाचनमा एक सिट बाहेक १८ सिटमा गठबन्धनका उम्मेवार विजयी भएका थिए ।