पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कुनै पनि कामकाज नगर्न/नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले यस्ताे आदेश जारी गरेकाे हाे । निर्देशक हुन आवश्यक योग्यता पुनसँग प्रथम दृष्टिमै नरहेको पाइएको आदेशमा उल्लेख गरेको छ ।
कार्यकारी निर्देशक पदकाे लागि उनकाे योग्यता र मापदण्ड नपुगेको भन्दै भरत मरासिनीले पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई गत ४ पुसमा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।