बलात्कार मुद्दाका आरोपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ ।बिहीबार न्यायाधीश विष्णुप्रसाद रेग्मीकाे एकल इज्लासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे। आदेश लगत्तै बङ्गजनलाई महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको छ ।
यसैगरी प्रतिवादीका साक्षीलाई माघ ७ गते बकपत्रका लागि अदालतमा बोलाउने आदेश समेत भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।