नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो।
कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ।
यस्तै झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।