नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्युँताउने कुरा असम्भव भएको बताएका छन्।
प्रथम कर्णाली प्रदेश अधिवेशनको बुधबार सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको बताए।
‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन। नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन्,’ अध्यक्ष ओलीले भने।
प्रदेश अधिवेशनलाई मित्रबत प्रतिस्पर्धाका रुपमा लिनुपर्ने भन्दै उनले अधिवेशन सकिएपछि जित र हारतिरभन्दा पनि पार्टीका काममा लाग्नुपर्नेमा जोड दिए।
विदेशीको इसारामा चल्नेहरूले अहिले सरकार चलाइरहेको भन्दै ओलीले एमाले राजनीतिक नेतृत्व मात्र नभएर विकास र समृद्धिको अगुवाइ गर्ने शक्ति भएको दाबी गरे। ’
उनले गठबन्धन सरकार गैरजिम्मेवार रहेको भन्दै यो सरकारलाई ०८४ को चुनाबमा एमालेले परास्त गर्ने दाबी गरे।