अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले नियन्त्रणमा लिएकाे छ ।पूर्वी सहर जलालाबादलाई बिना कुनै क्षति तालिबानले शहरमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । अफगानिस्तानमा तालिबान लडाकुहरू पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन्।
काबुलमा हजारौँ मानिस सडक छेउ अस्थायी क्याम्प बनाएर बसेका छन् । दूतावासका कर्मचारी, काबुलमा रहेका विदेशी नागरिकसँगै अफगानी नागरिक समेत विभिन्न तरिका अपनाएर बाहिर निस्कने प्रयास गरिरहेका छन् ।
काबुल कब्जा भएमा अफगानिस्तानकाे सरकार र सेनाका लागि संकट पर्नेछ ।सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।
सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीलाई काबुल जोगाउन उनीसँग आत्मसमर्मपण वा सङ्घर्षको विकल्प देखिएको छ।यसैबीच, अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउने तयारी गरेकाे छ ।